बागमती गोल्डकप : आजको खेलमा क्यामरुन बिजयी

हेटौंडा खबर
१६ चैत्र २०७७, सोमबार १८:५०

मकवानपुरको बागमती गाउँपालिकामा जारी चौथो बागमती गोल्डकपको आज सोमबार भएको खेलमा अफ्रिकन रूट एसाेसिएसन क्यामरुनले विर्तामोड युनाइटेड झापालाई ४ – १ गाेल अन्तरले हराएको छ ।

फापरबारी स्थित जनता माबिको खेल मैदानमा भएको पहिलो हाफमा शुरुवाती समय देखिनै झापाले दबाबमा राखेको खेलमा क्यामरुनका तर्फबाट जर्सी नम्बर १३ का खेलाडी बेस्सेकले खेलको १९ औं र ३३ औं मिनेटमा दुई गोल गर्दै टिमलाई अगाडि बढाएका थिए ।

विर्तामोड युनाइटेडले गोल गर्ने राम्रो अबसर पाए पनि अवसर चुकायो । पहिलो हाफमा २–० को अग्रता लिएको क्यामरुनले दोस्रो हाफमा थप क्यामरुनका तर्फबाट जर्सी नम्बर ७ का एल्जिमीले खेलको ५३ औं मिनेटमा अर्को गोल गरे । लगत्तै जर्सी नम्बर १५ का म्बाकोपीले ६५ औं मिनेटमा अर्को एक गोल थपे ।

खेलको दोस्रो हाफको अन्तिम ८६ औं मिनेटमा विर्तामोड युनाइटेडको तर्फबाट जर्सी नम्बर १ का सुनिल गुरुङले १ गोल गरेका थिए । सो गोल नै झापाको लागि अन्तिम गोल रह्यो ।

खेलको म्यान अफ दि म्याच क्यामरुनका जर्सी नम्बर १३ का बेस्सेक घोषित भए । उनले पुरस्कार स्वरुप नगद ५ हजार समेत प्राप्त गरे ।

मंगलबारको खेल हिमालयन शेर्पा क्लब काठमाडौ र बागमती युवा क्लब सर्लाही बीच हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*