त्रिदेशीय कप फुटबल : पहिलो हाफमै नेपालको २ गोल

हेटौंडा खबर
१६ चैत्र २०७७, सोमबार १९:१८

काठमाडौंको दशरथ रंगशालामा जारी त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशविरुद्ध २ गोल गरेको छ ।

खेलको १८ औं मिनेटमा सञ्जोग राईले पहिलो गोल गरे भने ४२ औं मिनेटमा विशाल राईले दोस्रो गोल गरेर नेपाललाई अग्रता दिलाएका छन् ।

खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दशरथ रंगशालामै रहेर खेल हेरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*