बंगलादेशलाई हराउँदै नेपालले जित्यो उपाधि

हेटौंडा खबर
१६ चैत्र २०७७, सोमबार १९:३८

थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । घरेलु मैदानमा दर्शको साथ पाएको नेपालले फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको फाइनल खेलको पहिलो हाफमा नेपालले बंगलादेशविरुद्ध २-० गोल अन्तरको अग्रता लिएको थियो  ।

खेलको १८ औँ मिनेटमा संजोग राई र ४१ औँ मिनेटमा विशाल राईले गोल गर्दै नेपालले २-० गोल अन्तरको अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफको ८२ मिनेट बंगलादेशले एक गोल गर्दै खेल २-१ को स्थितिमा पुगेको थियो । बंगलादेशका १० नम्बरका खेलाडी मामुबुल रहमानले गोल गरेका थिए । पहिलो हाफ निकै शानदार खेलेको नेपालको प्रदर्शन दोस्रो हाफमा भने केही फितलो बनेको थियो ।

आजको म्यान अफ द म्याच संजोग राई बने ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले गोल गर्ने अवसर पाए पनि थप गोल गर्न नसक्दा नेपाल २-१ गोल अन्तरले विजयी भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*