नेकपा खारेजको फैसलाविरुद्ध पुनरावलोकन दिन सर्वोच्च पुगे प्रचण्ड

हेटौंडा खबर
१७ चैत्र २०७७, मंगलवार १२:५७

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालत पुग्नुभएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन अध्यक्ष दाहाल अदालत पुग्नुभएको हो ।

अदालतमा उहासँगै नेताहरू वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, दिनानाथ शर्मा, गिरिराजमणि पोखरेल, अधिवक्ता एवं सांसद् रामनारायण बिडारी पनि अदालत पुग्नुभएको छ ।

दाहालले ल्याउनुभएको निवेदन अहिले दर्ताको प्रक्रियामा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*