बागमती गोल्डकप : जावलाखेललाई हराउदै क्यामरुन फाइनलमा

हेटौंडा खबर
२१ चैत्र २०७७, शनिबार ०८:४०

साबिकको विजेता जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ ।

मकवानपुरको बागमती गाउँपालिकास्थित जनता माविको मैदानमा जारी खेलमा अफ्रिकनले टाइब्रेकरमा ५–३ को जित हासिल गर्यो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरको सहारा लिइएको थियो । टाइब्रेकरमा अफ्रिकनका केओटे, रिम, इबोर्डे, माखोभ र मौसाले गोल गरे ।

जावलाखेलका फोडे फोफना, गौरव श्रेष्ठ र आमिर श्रेष्ठको प्रहार गोलमा परिणत भयो ।

जावलाखेलका रूपबहादुर लामाको प्रहार क्यामरुनका गोलरक्षक डीएस सिल्भियोले बचाए । ८२ औं मिनेटमा अफ्रिकन रुट्स दस खेलाडीमा सीमित भयो । खेलमा खराब फाउल गरेबापत यानिकले दोहोरो पहेंलो कार्ड पाए । म्यान अफ द म्याच जावलाखेलका डिफेन्डर सीमान्त थापा भए । उनले ५ हजार रुपैयाँ पाए ।

शनिबार आज दोस्रो सेमिफाइनलमा थ्रीस्टार र बागमती युथ क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुँदै छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*