चितवनमा म्याजिक भ्यान पल्टिँदा दुई जनाको मृत्यु

हेटौंडा खबर
२९ चैत्र २०७७, आईतवार १२:०२

चितवनको भरतपुर महानगरपालिका-१९ रामपुरमा म्याजिक भ्यान पल्टँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ६८५९ नंको म्याजिक भ्यान आज बिहान ९ः३५ बजे दुर्घटनामा परेको हो ।

भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर दुर्घटना हुदा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।

तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चार जनाको उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*