अमित अग्रवालद्वारा महेन्द्र राउतमाथि हातपातको प्रयास

हेटौंडा खबर
२९ चैत्र २०७७, आईतवार २२:१५

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका महेन्द्र राउतमाथि हातपातको प्रयास भएको छ ।

आइतबार साँझ हेटौंडा–१० स्थित होटल सुर्यांसमा छलफलका क्रममा अध्यक्षका अर्का प्रत्याशी कृष्ण कुमार गुप्ता अग्रवालका छोरा अमित अग्रवालले राउतमाथि हातपातको प्रयास गर्दै धम्की समेत दिएका हुन् ।

अध्यक्षका प्रत्याशीद्वय राउत र अग्रवालबीच चुनावको विषयमा कुराकानी भइरहेको अवस्थामा अमित अग्रवाल राउतमाथि जाइलागेको प्रत्याक्षदर्शीले बताएका छन् ।‘कृष्णजीले अध्यक्ष मलाई छाड्नुपर्‍यो भन्दै हुनुहुन्थ्यो, मैले आ–आफ्नो ढंगबाट चुनावमा जाऔं भन्दै थिए अचानक उहाको छोरो म माथि जाई लाग्न खोजे, अभद्र व्यवहार गरे, राउतले भने ।

राउतले यस विषयमा आफूले प्रहरी प्रशासनलाई जानकारी गराउने क्रममा रहेको र भोलि पत्रकार सम्मेलन गर्ने समेत बताएका छन् । राउतले आफुलाई पटक पटक अध्यक्षको पदमा नउठ्न त छोड्दिन धम्कि आउने गरेको बताएका छन् ।

‘म माथि हातपात र धम्की दिने जुन काम भयो त्यो असाध्यै निन्दनीय छ। लोकतन्त्रमा मैले आफ्नो अधिकार प्रयोग गर्दै उम्मेद्वारी घोषणा गर्न पाउछु र पाउनुपर्छ, तर म माथि धम्कि आइरहेका छन् यो स्वीकार्य हुदैन’ उनले भने, ।

उता यस कुरालाई कृष्ण कुमार गुप्ता अग्रवाल भने स्वीकार्न चाहेनन्  । ‘त्यस्तो केहि भएकै होइन, त्यहा म स्वयम् छु, छोराले कुनै अभद्र व्यवहार गरेकै छैन’ टेलिफोन कुराकानीमा उनले भने, ।

यसअघि अग्रवालले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा पनि अग्रवाल पक्षका केहि व्यक्तिले संचारकर्मीमाथि विभिन्न लाल्छना लगाएपछी पत्रकारले कार्यक्रम नै बहिस्कार गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*