चितवनमा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु

हेटौंडा खबर
२९ चैत्र २०७७, आईतवार २२:३८

चितवनमा आइतबार साँझ ट्याक्टर दुर्घटना हुदा ५ जनाको मृत्यु भएको हो ।

साँढे ७ बजेतिर राप्ती नगरपालिका ११ आंमपानीको चिउडे खोला भन्ने स्थानमा थाकलटारबाट चिउडेखोलातर्फ आइरहेको ना१त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ट्याक्टरमा करि २०/२५ जना सवार मध्य ५ जना को मृत्यु भएको र अन्य घम्भिर घाइते रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घाइतेहरुको सरकारी अस्पताल, पुरानो सि एम एस र सि एम सि मा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*