बागमती प्रदेशसभा बैठक बैशाख २ गते बस्ने

हेटौंडा खबर
३१ चैत्र २०७७, मंगलवार २१:२६

बागमती प्रदेशसभाको बैठक आगामी वर्षको बैशाख २ गते बस्ने भएको छ ।

२ गते दिनको १ बजेको लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको निर्देशन अनुसार बैठक आह्वान गरीएको हो ।

बैठकमा यसअघि कार्यव्यवस्था परामर्श समितिले तयार गरेको एजेण्डामाति छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ ।

यसअघि गत चैत २४ गतेदेखि २६ गतेसम्म तिन दिन संचालन भएको प्रदेशसभाको सातौं अधिवेशन बैठक प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण अनिश्चितकालका लागि स्थगित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*