नेपालमा कोरोनाको जोखिम बढ्दै, १४ जिल्ला अति प्रभावित

हेटौंडा खबर
२ बैशाख २०७८, बिहीबार १९:४४

नेपालमा कोरोना भाइरसको संक्रमण जटिल अवस्थामा पुगेको छ । सबैभन्दा धेरै प्रभावित १४ जिल्लामा परेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जिल्लालाई अतिसंवेदनशील जिल्ला घोषणा गरेको छ ।

काठमाण्डौ, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङमा भिडभाड हुने सबै क्षेत्र तथा सेवा बन्द गर्नुपर्ने अवस्था आएकोसमेत मन्त्रालयल विज्ञप्तीमार्फत जनाएको छ ।

संक्रमण र मृत्युदर बढेकोेले संंवेदनशील बन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

अति प्रभावित १४ जिल्लाका विद्यालय, रात्रि व्यवसाय, रेस्टुरेन्ट तथा क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा–सम्मेलन, बैठक, भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, जस्ता भिडभाड हुने ठाउँमा सहभागी नहुन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारले आग्रह गरेको छ ।

यस्तै सबै अस्पताललाई अनिवार्य फिभर क्लिनिक सञ्चालन गर्न र कोरोना परीक्षणको लागि नमुना सङ्कलन तथा परीक्षणको व्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले विदेशी पाहुनालाई पीसीआर नतिजा नेगेटिभ आएमात्रै होटलमा राख्न भनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*