मदनकृष्ण श्रेष्ठको परिवारका पाँचै जनालाई कोरोना संक्रमण

हेटौंडा खबर
६ बैशाख २०७८, सोमबार १७:३२

कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ।

श्रेष्ठले फेसबुकमार्फत आफ्नो कोभिड १९ रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।

श्रेष्ठसहित उनको छोरा, छोरी, बहुारी र नातिनीलाई पनि  कोरोना संक्रमण देखिएको छ। आज जन्मदिन मनाइरहँदा उनको परिवारमा नै संक्रमण पुष्टि भएको हो।

जन्मदिनको शुभकामना दिनेहरुलाई धन्यवाद दिँदै श्रेष्ठले कोरोना भनेर लापवाही नगर्न र सबैलाई सचेत रहन् आग्रह गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*