शैक्षिक संस्था बन्द भएपनि परीक्षा नरोकिने, गाडीमा मास्क अनिवार्य

हेटौंडा खबर
६ बैशाख २०७८, सोमबार १८:३३

सरकारले शैक्षिक संस्थाहरु बन्द भएपनि पूर्वनिर्धारित परीक्षाहरु नरोक्ने निर्णय गरेको छ ।

वैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएपनि पूर्वनिर्धारित परीक्षा भने यथावत राखिएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए ।

यसैगरी सरकारले सार्वजनिक सवारी साधनमा मास्क र स्यानिटाइजर अनिवार्य गरेको छ ।

साथै सिट क्षमता भन्दा बढी राख्न नपाउने नियमन बनाएको छ । लामो दूरीका सवारी साधनले यात्रुको विषयमा सीडीओ कार्यालयमा जानकारी दिनुपर्नेछ भने बाटोमा मान्छे चढाउन नपाइने नियम बनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*