हेटौंडामा कोरोना संक्रमितको बिचल्ली, आइसोलेसन नहुदा उपचार पाएनन्

हेटौंडा खबर
६ बैशाख २०७८, सोमबार १९:२८

बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमित राख्नको लागि आइसोलेसन नहुदा समस्या भएको छ ।

पछिल्लो केहिदिन यता हेटौंडामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ, तर जिल्लामा आइसोलेसन भने एउटा पनि छैन । आइसोलेसन नभएपछी सम्पूर्ण संक्रमित घरमै बस्न बाध्य भैरहेका छन् ।

मकवानपुरमा सोमबार एकैदिन २१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । आइतबार ७ जनामा कोरोना पोजेटिभ देखिएको थियो । दिन दिनै कोरोना संक्रमित बढेपनि सरकारले आइसोलेसन भने तयारी अवस्थामा राखेको छैन ।

आइसोलेसन नहुदा संक्रमितले उपचार पाएका छैनन् भने घरमै बस्नुपर्ने बाध्यता भएकाले कोरोना झन् फैलिन सक्ने खतरा बढेको छ ।

‘संक्रमितहरुले उपचारका लागि आग्रह गर्छन् हामीकहाँ आइसोलेसन नै छैन, भरतपुर जानु भनौ भने उता ठाउँ छैन भन्छन्, समस्या निकै देखिएको छ’ जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले भने ।

यसअघि बागमती प्रदेश सरकारले हेटौंडा ६ स्थित गौरिटारमा अस्थायी आइसोलेसनको व्यवस्था गरेको थियो । उक्त आइसोलेसन हाल बन्द छ ।

कोरोना संक्रमित बढ्दै जादा सरकारले भने आइसोलेसन समेत तयारी अवस्थामा राख्न नसक्दा संक्रमितले उपचार पाउन सकेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*