हेटौंडामा २ बालबालिका सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा खबर
७ बैशाख २०७८, मंगलवार १७:२४

हेटौंडामा आज २ बालबालिका सहित थप १३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

हेटौंडामा मंगलबार गरिएको कोभिड १९ परीक्षणमा इन्टीजिन विधिबाट गरिएकोमा ४ जना तथा पिसिआर विधिबाट गरिएकोमा ९ जना गरी १३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले जानकारी दिए ।

आज गरिएको २८ जनाको परिक्षणमा १३ जनामा संक्रमण देखिएको उनले बताए । उनका अनुसार आज  गरिएको परिक्षणमा १२ र १५ वर्षीय दुई बाल-बालबालिकालाई पनि कोरोनाको संक्रमण देखिएको छ ।

एकजनाको इन्टीजिन र एकजनाको पिसिआर परिक्षण गर्दा उनीहरुमा कोभिड १९ संक्रमण पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*