नेपालमा एकैदिन १७ सय बढीमा कोरानाको संक्रमण, ११ जनाको मृत्यु

हेटौंडा खबर
७ बैशाख २०७८, मंगलवार १८:२५

नेपालमा थप १ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण कोरोना संक्रमण हुनेको संख्या २ लाख ८७ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा नेपालमा ११ जनाको कोरोना भाइरसका कारण निधन भएको छ भने नेपालमा कोरोना भाइरसका कारण निधन हुनेहरुको कुल संख्या हालसम्म ३ हजार १०२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा २५१ जना कोरोना संक्रमण ुमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको कुल संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९२ रहेको छ भने आइसोलेसनमा रहनेको संख्या ८ हजार ६५९ रहेको छ । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ७३८ जनाको कोरोना परीक्षण भएको छ ।

नेपालमा हालसम्म २३ लाख ६० हजार ५५७ जनाको परीक्षण भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*