हेटौंडामा आज २५ जनाको ‘कोरोना पोजेटिभ’, एकजनाको मृत्यु

हेटौंडा खबर
८ बैशाख २०७८, बुधबार १९:३९

हेटौंडामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको ४८ जनाको एन्टीजिन र पिसिआर परिक्षण गर्दा २५ जनामा कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले जानकारी दिए ।

उनका अनुसार आज परिक्षण गरिएका मध्य ४ जनाको पुनः परिक्षण गर्दा पनि पोजेटिभ देखिएको हो ।

आज कोरोना पोजेटिभ देखिएका मध्य ६ वर्षीय एक बालक रहेका छन् ।

मकवानपुरमा हाल सम्म सक्रिय संक्रमितको संख्या ७७ पुगेको बताइएको छ ।

त्यस्तै आज एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा ४ का ७४ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण बुधबार मृत्यु भएको हो ।

हालसम्म मकवानपुरमा कोरोना संक्रमणका कारण ३३ जनाको ज्यान गएको र ३ हजार ९१२ जना संक्रमित भएको बताइएको छ |

 

यसमा तपाइको मत

Your email address will not be published.


*