मुक्तिनाथ मन्दिर वैशाख मसान्तसम्म बन्द हुने

हेटौंडा खबर
९ बैशाख २०७८, बिहीबार १४:५२

मुस्ताङको मुक्तिनाथ मन्दिर वैशाख मसान्तसम्म बन्द हुने भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले मुक्तिनाथसहित जिल्लाका सबै मठमन्दिर, गुम्बा ११ वैशाखदेखि ३१ वैशाखसम्म बन्द गर्ने निर्णय गरेको हो ।

भक्तजनका लागि बन्द भए पनि नियमित नित्य कर्म गर्न रोक नलगाइएको मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए । मुस्ताङमा हालसम्म ३२ जना संक्रमित भेटिएकोमा सबै निको भएका छन् ।

गण्डकी प्रदेशमा १७ हजार ४०६ जनामा कोरोना पोजिटिभ देखिएको छ । तीमध्ये १६ हजार ५३१ जना निको भएको र २११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*