आइसोलेसन महिला मैत्री बनाउन सरकारलाई निर्देशन, हेटौंडामा भने आइसोलेसननै छैन !

हेटौंडा खबर
९ बैशाख २०७८, बिहीबार २२:३२

कोरोनाको दोस्रो लहर चलिरहदा माहामारी रोकथाम र नियन्त्रणका लागि  संसदीय समितिले सरकारलाई विभिन्न निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले होम आइसोलेसनमा बस्न सम्भव नहुने सङ्क्रमितलाई सम्बन्धित अस्पतालको समन्वयमा सरकारले संस्थागत आइसोलेसनको व्यवस्था गर्न, कोभिड–१९ को सङ्क्रमण भएका र नभएका विरामीको अलग अलग उपचारको व्यवस्था मिलाउन भनेको छ । त्यस्तै संङ्क्रमित भएका विरामीहलाई घर पठाउदा पुनः पीसीआर परीक्षण गरी पठाउने र निजी अस्पताललाई कोभिड–१९ का विरामीका लागि अनिवार्य रुपमा आइसोलेसन वा आइसीयु वार्ड छुट्याई कार्यान्वयनमा ल्याउन भनेको छ ।

सङ्क्रमितको उपचारको सम्पूर्ण व्यवस्था मिलाई जनउत्तरदायी सरकारको दायित्व निर्वाह गर्न, सबै नागरिकको बाँच्न पाउने आधारभूत मानव अधिकारलाई संरक्षण गर्दै पर्याप्त संख्यामा अक्सिजन प्लान्ट राखी कोभिड–१९ संक्रमणको रोकथाम तथा व्यवस्थापनका लागि आवश्यक पर्ने बजेटलाई उच्च प्राथमिकता दिई रकमान्तर वा विनियोजनको व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।

त्यसैगरी ‘प्रत्येक जिल्लामा पायक पर्ने स्थानमा कम्तिमा एउटा सुविधा सम्पन्न पिसिआर मेशिनसहितको प्रयोगशाला स्थापना गरी सीमा नाकामा अनिवार्य स्वास्थ्य र सुरक्षा टोली निर्माण गरी सीमा नाकालाई व्यवस्थित गर्न समिति निर्देशन दिन्छ ।

आइसोलेसन महिला मैत्री बनाउनेदेखि सिमामा कडाई गर्ने, आइसीयु क्षमता विस्तार तथा अक्सिजनको नियमित आपूर्तीमा वृद्धि गर्ने लगायत निर्देशन दिएको हो ।

समितिले यस्ता निर्देशन दिईरहदा बागमती प्रदेशको राजधानी हेटौंडामा भने आइसोलेसन नै नहुदा कोरोना संक्रमितले उपचार पाउन सकेका छैनन् । बागमती प्रदेश सरकारले आइसोलेसनको तयारी बेलैमा नगर्दा हाल संक्रमित घरमै बस्न बाध्य भएका छन् ।

हेटौंडामा पनि कोरोना संक्रमित बढ्दै गैरहेका छन् आइसोलेसन नभएपछी घरमै बस्न बाध्य संक्रमितबाट परिवार र समाजमा कोरोना फैलने खतरा झनै बढेको छ

उपचार गर्न नपाएपछी हेटौंडामा कोरोना संक्रमितको बिचल्ली भएको छ । स्वास्थ्य निकै जटिल बनेका केहि संक्रमित चितवनमा उपचार गराइरहेका छन् भने अन्य भगवान भरोसामा बसिरहेका छन्  । चितवनमा उपचार गर्न जाँदा अस्पतालमा ठाउँ नभएको भन्दै भर्ना नलिने गरेको केहि संक्रमितले गुनासो गरिरहेका छन् ।

प्रदेश सरकारले यस अघि हेटौंडा ६ गौरिटारमा अस्थायी आइसोलेसन बनाएको थियो । उक्त आइसोलेसन हाल संचालनमा छैन । प्रदेश सरकारले कोरोना माहामारीलाई गम्भीर रुपमा नलिदा अहिले कोरोना संक्रमित उपचारबाट बन्चित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*