एमाले मकवानपुर इन्चार्जमा रामेश्वर राना, बिरोध खतिवडा आउट

हेटौंडा खबर
१० बैशाख २०७८, शुक्रबार १७:२३

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले नेताहरुको कार्यभिजान गरेको छ ।

कार्यविभाजनअनुसार २६५ जना नेताहरुलाई जिम्मेवारी दिइएको छ । त्यसै अनुरुप एमाले मकवानपुरमा इन्चार्जको जिम्मेवारी रामेश्वर रानाले पाएका छन्

यस अघि सह-इन्चार्ज रहेका रामेश्वर राना मगर एमाले मकवानपुर इन्चार्ज बनेका छन् ।

केन्द्रीय सदस्य विरोध खतिवडालाई इन्चार्जबाट हटाइएको छ । माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखे पनि परिभाषित जिम्मेवारी दिइएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*