लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावाद हावी भयो: कमल थापा

हेटौंडा खबर
११ बैशाख २०७८, शनिबार ०८:५२

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी भएको आरोप लगाएका छन्।

तत्कालीन समयमा राजा र आन्दोलनकारी दलहरुबीच सम्झौता भएर आन्दोलनको अन्त्य भएपनि दलहरुले राजालाई धोका दिएको अध्यक्ष थापाको भनाइ छ ।

वि.सं. २०६३ साल वैशाख ११ गते भएको सम्झौताअनुसार राजाले दलहरुलाई सत्ता हस्तान्तरण गरेको थापाले सम्झिए । तर, आन्दोलनकारी दलहरुले धोखा दिएर राजसंस्थालाई पाखा लगाएको थापाको आरोप छ ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन् “आजकै दिन राजा र आन्दोलनकारी दलहरूबीच सम्झौता भएर आन्दोलन अन्त भएको थियो। सम्झौता अनुसार राजाले राजनीतिक दलहरूलाई सत्ता हस्तान्तरण गरे। तर, आन्दोलनकारी दलहरूले धोखा दिएर राजसंस्थालाई पाखा लगाए । अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्म परिवर्तन, सर्वसत्तावाद हावी भएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*