हेटौंडामा सुरु भयो आइसोलेसन वार्ड

हेटौंडा खबर
११ बैशाख २०७८, शनिबार २१:१६

हेटौंडामा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड सुचारु गरिएको छ ।

यसअघि बनाइएको हेटौंडा ६ स्थित गौरिटारको अस्थायी आइसोलेसन पुनः संचालनमा ल्याइएको छ । उक्त आइसोलेसन हेटौंडा उपमहानगरपालिकाले संचालन गरेको हो ।

त्यस्तै हेटौंडा अस्पतालमा पनि कोरोना संक्रमितलाई उपचार गर्नका लागि आइसोलेसन वार्ड तयार पारिएको छ । हाललाई १० बेडको वार्ड तयार पारिएको अस्पतालले जनाएको छ । यो हेटौंडा अस्पतालले संचालनमा ल्याएको हो ।

होम आइसोलेसनमा नबस्ने संक्रमित र सामान्य अवस्थाका बिरामीलाई गौरिटारको आइसोलेसनमा र जटिल बिरामीहरुलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिने बताइएको छ ।

मकवानपुर जिल्लामा कोरोना संक्रमित थपिदै गईरहेका छन् । पछिल्लो एक हप्तामा १ सय १३ जना संक्रमित थपिएका छन् भने २ जनाको कोरोना कै कारण मृत्यु भएको छ  ।

हेटौंडा अस्पताल स्थित कोरोना संक्रमितको उपचार कक्ष,  तस्विर : उत्सव चौलागाईं

यसमा तपाइको मत

Your email address will not be published.


*