हेटौंडाको बुद्धचोकमा सचेतना कार्यक्रम : मास्क नलगाउनेलाई स्वास्थ्यकर्मीको ‘मास्क’ उपहार

हेटौंडा खबर
१२ बैशाख २०७८, आईतवार १२:०६

हेटौंडामा कोरोना भाइरस संक्रमण सम्बन्धि सचेतना कार्यक्रम भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकावानपुर, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल,उद्योग बाणिज्य संघ, मेलान मकवानपुरलगायतको सामूहिक उपस्थितिमा हेटौंडाको बुद्धचोकमा सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा मास्कको अनिवार्य प्रयोग गरौं, हातले नाक र मुख छुने बानि हटाऔं, भौतिक दुरी कायम गरौँ जस्ता विभिन्न सचेतना मुलक सामाग्रीको पप्प्लेट सहित सहभागीहरु उपस्थित थिए ।

मास्क नलगाउने सवारी चालक तथा बाटो हिड्ने सर्वसाधारणलाई प्रहरी, स्वास्थ्यकर्मी लागायतले मेडिकल मास्क लगाउन आग्रह गर्दै मास्क उपहार दिएका थिए ।

बाहिर हिँड्दा अनिवार्य मास्कको प्रयोग गरौं, कोभिड – १९ संक्रमणबाट आफू पनि बाचौं र अरुलाई पनि बचाऔं भन्ने मूल नाराकासाथ, सचेतना कार्यक्रम गरिएको स्वास्थ्यकर्मी उत्सव चौलागाईंले जानकारी दिए  ।

तस्विर : उत्सव चौलागाईं

यसमा तपाइको मत

Your email address will not be published.


*