फेरी स्थगित भयो मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन

हेटौंडा खबर
१२ बैशाख २०७८, आईतवार १४:२३

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित हुने भएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी वैशाख १८ गते हुने भनिएको मकवानपुर उद्योग वाणिज्य संघले निर्वाचनको कार्यक्रम स्थगित हुने भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सदस्यसमेत रहेको मउवा संघले प्रमुख जिल्ला अधिकारीसँगको छलफलपछी तत्कालका लागि निर्वाचनको कार्यक्रम स्थगित गर्न सहमत भएको बुझिएको छ ।

यस बिषयमा केहि समयपछि जिल्ला प्रशासन कार्यालयमा बैठक बसी निर्णय हुने स्रोतले बताएको छ । यसअघि गत चैत २३ गतेका लागि तोकिएको  निर्वाचन स्थगित गरी वैशाख १८ गतेलाई सारिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*