२४ घन्टामा नेपालमा ३ हजार १२२ जनामा कोरोनाको संक्रमण, काठमाडौँमा मात्रै ११३२

हेटौंडा खबर
१२ बैशाख २०७८, आईतवार १६:३९

पछिल्लो २४ घन्टामा नेपालमा ३ हजार १२२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट ९ हजार २९२ पिसिआर विधिबाट र ७८६ जनाको एन्टीजिन विधिबाट कोरोना परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमान्डौमा आज १ हजार १३२ जना संक्रमित थपिएका छन् ।

हाल २५२ जना संक्रमित आइसियुमा र ६५ जना भेन्टिलेटर उपचार गराइरहेका मन्त्रालयले जनाएको छ मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमित १९ हजार ३८२ जना रहेका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*