भोलिदेखिका सबै परीक्षा स्थगित गर्न सरकारलाई सिफारिस

हेटौंडा खबर
१२ बैशाख २०७८, आईतवार १८:५५

भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थागित गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण दर बढिरहेकाकाले परीक्षा स्थागित गर्न सिफारिस गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वार पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

विद्यालयदेखि विश्वविद्यालयसम्मले सञ्चालन गर्ने सबै परीक्षा स्थगित गर्न सिफारिस गर्ने निर्णय भएको पाण्डेले बताए ।

विद्यार्थीमा कोरोना संक्रमण देखि स्थानीय तहलाई नै लडडाउन गर्न आग्रह गर्ने पनि सीसीएमसीले निर्णय गरेको छ ।

त्यस्तै बैठकले सीमानाकाबाट विदेशी नागरिकलाई नेपाल प्रवेशमा पनि रोक लगाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*