राजधानीमा भोलीदेखि निषेधाज्ञा हुन सक्ने, सिडिओहरु बैठक बस्दै

हेटौंडा खबर
१३ बैशाख २०७८, सोमबार ०९:१५

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक अहिले केहीबेरमा बस्दैछ । विहान ९ : ३० बजे बस्ने बैठकले राजधानीमा कोरोना संक्रमणको दर न्यूनिकरणका लागि आवश्यक निर्णय गर्दैछ ।

कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन् ।

कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेको छ ।

सिसीएमसीको उक्त सिफारिस लगत्रै काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published.


*