अब रातोमाटे नाकाबाट हेटौंडा छिर्ने यात्रुलाई बसपार्कमा परिक्षण

हेटौंडा खबर
१३ बैशाख २०७८, सोमबार ११:३४

जिल्लाको दक्षिणी नाका रातोमाटे हुदै हेटौंडा आउने यात्रुहरुको ज्वरो परीक्षण गरिने भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले दक्षिणी नाकाबाट मकवानपुर जिल्लामा प्रवेश गर्ने यात्रुहरुको हेटौंडा बस पार्कमा ज्वरो नाप्ने/परीक्षण गर्ने, साबुन पानीले हात धुन लगाउने, मास्क र सेनेटाइजरको प्रयोग गर्न लगाएर मात्र पठाउने व्यवस्था गर्ने  निर्णय गरेको हो ।

बैठकमा कोरोना रोकथाम र नियन्त्रणका लागि यात्रुहरुलाई स्वास्थ्य सुरक्षाका उपाय अपनाउनको लागि सामुदायिक प्रहरीसँग समन्वय गरी रोटरी क्लव, जेसीस तथा लायन्स क्लबहरुले आपसी सहयोगमा संचालन गर्ने/गराउने व्यवस्था मिलाउने निर्णय भएको हो ।

त्यस्तै बैठकले भोलि १४ गतेदेखि जिल्लका पार्टी प्यालेस पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको छ । अर्को निर्णय नभएसम्मका लागि  ७ बैशाखमा भएका निर्णय नं.१.६ अनुसार विवाह वा बरतबन्धलाई पार्टी प्यालेस प्रयोग गर्नु पर्न भएमा पूर्व स्वीकृति दिने प्रावधानलाई खारेज गरी पार्टी प्यालेसलाई पूर्ण रुपमा बन्द गराउने निर्णय गरिएको हो ।

त्यस्तै संक्रमणको क्रम बढ्दै जाँदा अक्सिजनको आपूर्तिलाई सहज बनाउन अक्सिजन सिलिण्डर आपूर्ति गर्ने व्यवसायसँग हाल मौज्दातमा रहेका अक्सिजनको विवरण माग गर्न र जिल्लाभित्र अक्सिजनका अभाव श्रृजना हुन नदिन निरन्तर अनुगमन गर्न स्वास्थ्य कार्यालय मकवानपुरलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*