उपत्यकामा बैशाख १६ देखि निषेधाज्ञा

हेटौंडा खबर
१३ बैशाख २०७८, सोमबार १४:३७

बैशाख १६ देखि उपत्यकामा लकडाउन (निषेधाज्ञा) गरिने भएको छ । सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ बैशाखदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बैशाख १६ गतेदेखि उपत्यकाका तीनवटै जिल्लामा लकडाउन गरिने जानकारी दिएका छन् ।

कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि संक्रमण रोक्न लकडाउनमा पुगिएको उनले बताए । उनका अनुसार केही बेरमै सार्वजनिक रुपमा सोमबारको बैठकको निर्णयबारे जानकारी गराइने छ ।

लकडाउन उपयुक्त छ कि छैन भन्ने विषयमा सरकारले स्थानीय तहलाई नै उक्त जिम्मेवारी दिइसकेको छ । र, त्यहीँअनुसार उपत्यकाका तीन जिल्लाका प्रमुखहरुले बैशाख १६ गतेदेखि लकडाउन गर्ने निर्णय गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*