हेटौंडामा २ बालबालिकासहित थप ३४ जनामा कोरोनाको संक्रमण

हेटौंडा खबर
१३ बैशाख २०७८, सोमबार १५:२१

हेटौंडामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार ५७ जनाको परिक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको हो । हेटौंडा अस्पतालमा आज गरिएको पिसिआर परिक्षणमा ३३ जना र एन्टीजिन विधिबाट गरिएको परिक्षणमा १ जनाको गरी ३४ जनामा कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए ।

उनका अनुसार आज संक्रमण पुष्टि हुनेमा २ जना ७ बर्षमुनिका बालबालिका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*