हेटौंडामा थप कडाई, फुटपाथका व्यवसाय तत्काल बन्द, पसल आलोपालो गरी खोल्नु पर्ने

हेटौंडा खबर
१३ बैशाख २०७८, सोमबार १५:४५

कोरोना संक्रमण दर बढ्दै गएपछि प्रशासनले मकवानपुरमा थप कडाई गर्ने निर्णय गरेको छ ।

आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले थप कडाई गर्ने निर्णय गरेको हो ।

आजको बैठकले हेटौडा बजार क्षेत्रमा फुटपाथमा गरिने स्ट्रिट फुड व्यापार लगायतका अन्य सबै प्रकारका फुटपाथ व्यापार व्यवसायहरू तत्काल बन्द गर्ने निर्णय गरेको छ । यसको व्यवस्थापनका लागि हेटौडा उपमहानगरपालिकालाई जिम्मा दिइएको छ ।

त्यस्तै हेटौडा बजार क्षेत्रमा मानिसहरूको भिडभाड र जोखिमलाई न्यूनीकरण गर्न दिन तोकी आलोपालो गरी व्यवसाय संचालन गर्नुपर्ने भएको छ । त्यसका लागि व्यवस्था मिलाउन मकवानपुर उद्योग वाणिज्य संघलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै हेटौडा बसपार्कस्थित तरकारी बजार र माछामासु बजार एवं खोपेगल्लीस्थित तरकारी बजार बिहान ४:०० बजेदेखि बिहान ८:०० बजेसम्म मात्र संचालन गर्ने निर्णय गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*