हेटौंडामा एकैदिन ६८ जनामा कोरोनाको संक्रमण पुष्टि

हेटौंडा खबर
१३ बैशाख २०७८, सोमबार १६:३४

हेटौंडामा एकैदिन ६८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

सोमबार हेटौंडा अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ६७ जना र एन्टीजिन विधिबाट गरिएको परिक्षणमा १ जनाको गरी ६८ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार दिउसो ४६ जनाको पिसिआर परिक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको थियो ।

सोमबार साझ ११५ जनाको पिसिआर परिक्षण गर्दा ६७ जनामा संक्रमण देखिएको हो । आज संक्रमण पुष्टि हुनेमा २ जना ७ बर्षमुनिका बालबालिका रहेको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*