पत्रकार पक्राउ प्रकरणः ४८ घण्टाभित्र लिखित जवाफ दिन सरकारलाई सर्वोच्चको आदेश

हेटौंडा खबर
१४ बैशाख २०७८, मंगलवार १६:३५

सर्वोच्च अदालतले उज्यालो नेटवर्कका दुई जना पत्रकार पक्राउबारे सरकारलाई लिखित जवाफ पेश गर्न अदोश दिएको छ ।

प्रहरीले आइतबार उज्यालो नेटवर्क अनलाईनका कार्यकारी सम्पादक अनिश तामाङ र दुर्गालाल तामाङ पक्राउ गरेको थियो । उनीहरु पक्राउ परेको रिटमा अदालतले सरकारका नाममा लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

पत्रकार महासंघ ललितपुर शाखाका सचिव रामहरी कार्कीले दर्ता गरेको बन्दीप्रत्येक्षीकरण रिटमा न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न गृह मन्त्रालयका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय ’रअ’ प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे सहमति भएको भन्दै खबर प्रकाशन गरेका थिए ।

प्रहरीले राज्यविरुद्ध र लिखतसम्बन्धी कसुरको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । गलत समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिलले स्पष्टीकरण सोधेपछि अनलाइनले असावधानीबस समाचार प्रकाशन भएको भन्दै क्षमा मागिसकेको छ । kathmandupati.com बाट  

यसमा तपाइको मत

Your email address will not be published.


*