हेटौंडाका बैंक तथा सहकारी हप्ताको ३ दिन मात्र खुल्ने, एटिएम २४ सै घण्टा खुल्लै राख्नुपर्ने

हेटौंडा खबर
१४ बैशाख २०७८, मंगलवार १७:३६

कोरोना संक्रमणको जोखिन न्यूनीकरण तथा नियन्त्रणका लागि हेटौंडाका बैंक तथा वित्तिय संस्था र सहकारीहरु हप्ताको ३ दिन मात्र खोल्न पाईने निर्छणय गरिएको छ ।

मंगलबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै  १५ गते बुधबारदेखि जिल्लास्थित सबै बैंक तथा वित्तिय संस्थाहरू आलोपालो गरी हप्तामा ३ दिन मात्र खुल्ने र विहान ११ बजेदेखि दिनको २ बजेसम्म मात्र सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको छ ।

त्यस्तै सबै बैंकहरूले आ-आफ्ना ATM हरू २४ सै घण्टा अनिवार्यरूपमा खुल्ला राख्नुपर्ने भएको छ ।

त्यस्तै सहकारी संस्थाहरूले सेवाग्राहीको घर तथा पसलमा गई नगद संकलन गर्ने कार्य हाललाई रोक्ने, सबै सहकारी संस्थाहरू आलोपालो गरी हप्तामा ३ दिन मात्र खोल्ने र विहान ११ बजेदेखि दिनको २ बजेसम्म सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*