हेटौंडामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा खबर
१५ बैशाख २०७८, बुधबार ०९:३८

हेटौंडामा थप ६० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

बुधबार बिहान थप ६० जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए ।

हेटौंडा अस्पतालमा रहेको पिसिआर ल्याबमा आज गरिएको १३९ जनाको परिक्षणमा २१ महिला र ३९ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितहरु मध्ये सबैभन्दा बढी हेटौंडा ९ का ९ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*