बागमतीमा तीन मन्त्री नियुक्त गरिँदै, ४ बजे सपथ

हेटौंडा खबर
१५ बैशाख २०७८, बुधबार १२:५४

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ३ मन्त्री नुयुक्त गर्न लागेका छन् ।  नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा आज मन्त्रिपरिषद् विस्तारको तयारी भैरहेको छ । खाली रहेका तीन मन्त्रालयमा मन्त्री र ७ वटा मन्त्रालयमा राज्यमन्त्री समेत थप्न लागिएको बुझिएको छ । नेकपा एमाले ओली पक्षका ३ सांसदलाई डोरमणि पौडेलले मन्त्री बनाउन लागेका हुन् ।

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण आजै अपरान्ह ४ बजे हुने नेकपा एमाले बागमती संसदीय दलका प्रमुख सचेतक केशव राज पाण्डेले बताए ।

मन्त्रीहरु को-को हुन् र कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिइदैछ भन्ने बारे अझै पनि मुख्यमन्त्री कार्यालयले खुलाएको छैन । ‘यसबारे हामीलाई कुनै जानकारी आएको छैन, आज दिउसो ४ बजे सपथ भनिएको छ’, टेलिफोन बार्तामा पाण्डेले भने ।

उता सांसद चन्द्र लामाले भने यसबारे आफुलाई केहि जानकारी नभएको बताएका छन् ।

सपथ खान बोलाएपछी त तपाई मन्त्री पक्का होला नि भन्ने हाम्रो प्रश्नमा सचेतक पाण्डेले भने’, ‘हा..हा..हा.. मैले अहिले केहि बोल्न मिल्दैन, यत्ति बुज्नुस म हेटौंडा आएको छु, ४ बजे बोलाइएको छ’, ।

मन्त्री बन्नेमा प्रमुख सचेतक केशवराज पाण्डे, सरेश नेपाल र चन्द्र लामाको नाम यसअघिनै चर्चामा थियो ।  नयाँ मन्त्रीहरुको सपथ ग्रहण ४ बजे हेटौंडा स्थित प्रदेश प्रमुखको कार्यालयमा हुने बताइएको छ ।

गत पुस १० मा तत्कालीन नेकपाको माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए ।

करिव ४ महिना तीनवटै मन्त्रालय मुख्यमन्त्री पौडेलले सम्हाल्दै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*