चितवनमा निषेधाज्ञा जारी

हेटौंडा खबर
१५ बैशाख २०७८, बुधबार १५:१२

चितवनमा निषेधाज्ञा जारी भएको छ । जिल्लाको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले चितवनमा यही वैशाख १६ गते राति देखि निषेधाज्ञा जारी गरेको हो ।

केन्द्रको आज वसेको बैठकले कोरोना सङ्क्रमण वढ्दै जाँदा निषेधाज्ञा जारी गर्नु परेको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामवहादुर शाहिका अनुसार निषेधाज्ञा ३१ गते राति १२ वजे सम्म जारी रहने छ ।

जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय भन्दा वढि पुगेकाले निषेधाज्ञा गरिएको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*