बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीले लिए सपथ

हेटौंडा खबर
१५ बैशाख २०७८, बुधबार १७:५७

हेटौंडा  नेकपा एमालेको एकल सरकार रहेको बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ ।

बागमती प्रदेशमा ३ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिएको हो । आज नियुक्त गरिएका मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । मन्त्रीपरिषद् विस्तार गरिए लगतै प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले तीन जना मन्त्रीलाई सपथग्रहण गराएका हुन् ।

त्यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक राज्यमन्त्रीलाई सपथग्रहण गराए ।प्रदेशमा रित्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रुपमा सरेश नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रीमा केशवराज पाण्डे, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डाक्टर रामकुमार अधिकारीलाई मुख्यमन्त्री पौडेलले नियुक्त गरिएको हो ।

गत पुस १० मा तत्कालीन नेकपाको माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए ।

करिव ४ महिना तीनवटै मन्त्रालय मुख्यमन्त्री पौडेलले सम्हाल्दै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*