भोलिदेखि हेटौंडाको मालपोत र नापी कार्यलय बन्द

हेटौंडा खबर
१५ बैशाख २०७८, बुधबार १८:२४

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढे सँगै मकवानपुरको मालपोत कार्यलय र नापी कार्यलय बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीवार (भोलि) देखि मकवानपुरको मालपोत कार्यलय र नापी कार्यलय बन्द गर्ने निर्णय गरेको हो ।

मालपोत र नापी कार्यलयमा भिडभाड बढेको कारण संक्रमणको जोखिम बढेको भन्दै कार्यलयको आन्तरिक कार्य बाहेकका अन्य सबै प्रकारको सेवाहरु भोलि देखि अर्को निर्णय नभएसम्मको लागि बन्द हुने प्रशासनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*