लायन्स क्लब अफ ‘हेटौंडा योङ ग्यलेक्सी’को अध्यक्षमा पुनः सुदिप नेपाल

हेटौंडा खबर
१५ बैशाख २०७८, बुधबार १९:५१

लायन्स क्लब अफ ‘हेटौंडा योङ ग्यलेक्सी’को वार्षिक साधारण सभा सम्पन भएको छ ।

भेलाले यस बर्ष २०२१/०२२ का लागिपनि अध्यक्षमा सुदिप नेपाल नै चयन गरेको छ । कोरोना माहामारी र विविध करण सस्थाले सोचे अनुरुप काम गर्न नसकेकाले यस वर्ष पनि अध्यक्षमा सम्पूर्ण सदस्यहरुको सर्बसम्मत नेपाललाई चयन गरेका हुन् । नेपाल सस्थाका संस्थापक अध्यक्ष पनि हुन् ।

बर्ष २०२१/०२२का लागि उपाध्यक्षमा जीवन कुमार मैनाली, सचिवमा अनिल श्रेष्ठ, र कोषाध्यक्षमा उदिप ढकाल चयन भएका छन् ।

कोरोना संक्रमण दर बढेकाले कार्यसमितिका सदस्यहरु मात्र उपस्थित भई पधाधिकारी चयन गरिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*