हेटौंडाको बासुदेव सभागृह नजिकै आगलागी, लाखौँको सामान जलेर नष्ट

हेटौंडा खबर
१६ बैशाख २०७८, बिहीबार ०६:४७

हेटौंडा उपमहानगरपालिका ४ हुप्रचौर स्थित एकघरमा गएराती आगलागी भएको छ ।

बासुदेव सभागृहको दक्षिण पट्टि रहेको एक घरमा राति ११ बजेतिर आगोलागी हुदा घरमा भएका गोदामको सामान जलेर नष्ट भएको छ । स्थानीयका अनुसार ट्रान्सपोर्टको गोदाम रहेको ठाउँमा राती अचानक आगलागी भएको हो । बुलेट बाइक, थुप्रै मेसिनरी सामान तथा अन्य सामगीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ठुलो क्षति पुगेको हुनसक्ने स्थानीयले बताएका छन् । यद्दपी घरमा कोहीपनि व्यक्ति नरहेकाले कसको कति क्षति भयो भन्ने जानकारी लिन नसकिएको प्रहरीले जनाएको छ ।

स्थानीय, प्रहरी र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा राति सवा १२ बजे आगलागी नियन्त्रणमा आएको थियो । थप विवरण आउन बाकि ।

यसमा तपाइको मत

Your email address will not be published.


*