पालुङबाट आउदै गरेको सुमोमा प्रहरीले फेला पार्यो ३४ किलो गाँजा

हेटौंडा खबर
१६ बैशाख २०७८, बिहीबार १५:४८

टाटासुमोमा लुकाई-छिपाई लागुऔषध गाँजा ल्याइरहेको अवस्थामा मकवानपुरबाट एकजना पक्राउ परेका छन् । बुधबार दिउसो मकवानपुरको पालुङबाट भैसे तर्फ आउदैं गरेको ना. १ ज ४७३३ नम्बरको सुमो गाडीमा प्रहरीले गाँजा फेला पारेको जनाएको छ ।

लागुऔषध गाँजा लुकाईछिपाई ल्याउँदै गरेको छ भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी भैंसे मकवानपुरबाट प्रहरी सहायक निरीक्षक प्रभु राउत कुर्मीको कमाण्डमा खटिएको प्रहरी चेकीङ टोलीले मकवानपुरको भिमफेदी गाउँपालिका २ स्थित सडकखण्डमा गाडीहरुलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोलाई रोक्न खोज्दा नरोकी भागेकाले पिछा गरी समाएर चेकजाँच गर्दा सुमो भित्र ६ वटा पोकामा लागुऔषध गाँजा ३४ किलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले सुमो चालक पर्सा बिन्दावासिनी गाउँपालिका ३ बस्ने २९ बर्षिय रबिन्द्र उपाध्यायलाई सुमोसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*