हेटौंडाका बैंकमा झन् भिड बढ्यो, सिडिओको निर्णयको बिरोध

हेटौंडा खबर
१६ बैशाख २०७८, बिहीबार २१:५९

मकवानपुरमा कोरोनाको संक्रमण दर बढ्दै गैरहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा गरिसकेको छ ।

जिल्ला प्रशासन कार्यालयले पनि कोरोना नियन्त्रण गर्नका लागि विभिन्न उपायहरु अपनाउदै जिल्लामा विभिन्न व्यवसायहरु बन्द गरिरकेको छ ।

यसै अनुरुप जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोभिड-१९ संक्रमणको जोखिमलाई रोकथान तथा नियन्त्रणका लागि जिल्लाका बैंक तथा वित्तीय सस्थाहरुलाई बार र समय सिमा तोकेर संचालन गर्न भनेको छ ।

गत  मंगलबार बसेको बैठकले बुधबारदेखि जिल्लास्थित सबै बैंक तथा वित्तिय संस्थाहरू आलोपालो गरी हप्तामा ३ दिन मात्र खुल्ने र विहान ११ बजेदेखि दिनको २ बजेसम्म मात्र सेवा प्रवाह गर्नुपर्ने निर्णय गरेपछि हेटौंडाका बैंक तथा वित्तीय सस्थाहरुमा पहिलेको तुलनामा झन् भिड बढेको छ ।

बैंक तथा वित्तीय सस्थाका लागि प्रशासनले यस्तो निर्णय गरेपछि सर्वसाधारणले गुनासो गरेका छन् । प्रशासनले भिडभाड कम र छिटो छरितो काम हुने वातावरण बनाउनुको साटो झन् भिडभाड बढाउने खालको निर्णय गरेको भन्दै यसको बिरोध भैरहेको छ ।

प्रशासनले निर्णय गरे संगै हेटौंडाका विभिन्न सरकारी तथा निजि बैंकहरुमा बुधबारदेखिनै निकै भिडभाड बढेको छ ।

कोरोनाको माहामारी फैलिरहेको अवस्थामा सामाजक दुरी र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनै नगरी सर्वसाधारण बैंक अगाडी लाइन बस्न बाध्य भैरहेका छन् ।

यसले कोरोना रोकथाममा भन्दा संक्रमण फैलाउन मद्दत पुर्याउने सजिलै अनुमान लगाउन सकिन्छ ।

तस्विर : सामाजिक संजाल

यसमा तपाइको मत

Your email address will not be published.


*