मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उत्सव चौलागाईं र हिरा लामा नियुक्त

हेटौंडा खबर
१७ बैशाख २०७८, शुक्रबार १२:१८

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल सन्चालन समितिमा २ जना सदस्य नियुक्त गरिएको छ ।शुक्रवार सदस्यमा स्वास्थ्यकर्मी उत्सव चौलागाईं र हिरा लामालाई नियुक्त गरिएको हो । चौलागाईं र लामालाई प्रतिष्ठानका कुलपति मुख्यमन्त्री डोरमणि पौडेलले नियुक्त गरेका हुन् । लामालाई कर्मचारी तर्फबाट नियुक्त गरिएको हो भने चौलागाईंको राजनीतिक नियुक्ति हो ।दुबैजना हेटौंडामा बिगत लामो समयदेखि स्वास्थ्य पेसामा लागेका व्यक्ति हुन् । चौलागाईं मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)का केन्द्रीय सचिवालय सदस्यसमेत हुन् । लामा हेटौंडा अस्पताल कर्मचारी युनियनको अध्यक्ष भएर काम गरेका थिए ।नियुक्त भए पश्चात चौलागाईंले आफ्नो ठाउँमा बसेर अस्पताल र सिङ्गो प्रतिष्ठानलाई सेवा गर्ने अवसर दिएकोमा प्रदेश सरकारलाई धन्यबाद दिए । उनले आफ्नो १५ वर्षे स्वास्थ्य सेवाको अनुभवले अस्पतालको स्तारुन्नती र विकासका लागि जोड दिने बताए । यसअघि हेटौंडा अस्पतालमै लामो समयदेखि काम गरिरहेकाले थप सहज र सजिलो भएको नवनियुक्त सदस्य हिरा लामाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*