BREAKING : हेटौंडामा कोरोना भयावह बन्दै, आजै १७४ जनामा कोरोना पोजेटिभ

हेटौंडा खबर
१७ बैशाख २०७८, शुक्रबार १७:३३

हेटौंडामा आज १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडा अस्पतालमा गरिएको पिसिआर परिक्षणमा बिहान सार्वजनिक रिपोर्टमा ५७ जनाको पोजेटिभ देखिएको थियो ।

बिहानदेखि परिक्षण गरिएको १८१ स्वाबमा थप ११७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यो शुक्रबार साझ ५ बजेसम्मको बिवरण हो ।

अस्पतालको ल्याबमा थप स्वाबको परिक्षण भैरहेको जनकारी प्राप्त भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*