संक्रमितको संख्या ६०० नजिक, हेटौंडामा हिजो एकैदिन अढाई सय बढीमा कोरोना,

हेटौंडा खबर
१८ बैशाख २०७८, शनिबार १०:४६

हेटौंडामा दोस्रो लहरको कोरोना माहामारी तिब्ररुपमा बढ्दै गएको छ ।

शुक्रबार हेटौंडा अस्पतालमा रहेको पिसिआर ल्याबमा गरिएको १८१ जनाको परिक्षण गर्दा ११७ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने । दोस्रो चरणमा ९१ जनाको स्वाब परिक्षण गर्दा थप ६५ जनामा पोजेटिभ देखिएको छ ।

स्वास्थ्य कार्यालयको शुक्रबार दिउसो २ बजेसम्मको डाटा अनुसार ५६ जनाको पिसिआर र १५ जना एन्टीजिन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

हिजै साझ ५ बजेसम्ममा थप १८१ जनाको स्वाब परिक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आयो भने रति थप ६५ जनामा पोजेटिभ रिपोर्ट आयो ।

शुक्रबारकै विवरण हेर्दा जिल्लामा रातिसम्मको पिसिआर परिक्षणमा २३८ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै एन्टीजिन परिक्षणमा १५ जना गरी एकैदिन २५३ जना संक्रमित थपिएका छन् ।

उता थाहा नगरपालिकामा एन्टीजेन विधिबाट गरिएको परीक्षणमा थप १३ जनामा कोरोना पुष्टि भएको छ ।

शुक्रबार दिउसो २ बजेसम्म जिल्लामा सक्रिय संक्रमित ३९६ थिए भने हाल बढेर ५९१ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*