हेटौंडामा दुर्घटना : एकजनाको मृत्यु

हेटौंडा खबर
१८ बैशाख २०७८, शनिबार १७:११

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो पूर्वपश्चिम राजमार्गको पशुपतिनगरमा रातोमाटेबाट हेटौंडा बजार तर्फ आउदै ना ३८ प ९३५३ नंबरको मोटरसाइकल र विपरित दिशाबाट आएको बा ८ च २९५३ नंबरको कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बारा जिल्ला महागढीमाई नगरपालिका वडा नंबर ४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै मोटरसाइकलमा सवार नवलपरासीका ३३ वर्षीया ज्योति अर्याल घाइते भएका छन् । घाइते भएकी अर्यालको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*