हेटौंडामा निषेधाज्ञा : बैंक खुल्ने, बाहिरी जिल्लाबाट आएका गाडी हेटौंडामा रोकिन नपाउने

हेटौंडा खबर
१८ बैशाख २०७८, शनिबार १९:२३

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । शनिबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आइतबार भोलि राति १२ बजेदेखि बैसाख ३१ गते रातिसम्म लागुहुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका,थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको पुर्व पच्चिम राजमार्गको ५०० मिटर दायाबाया निषेधाज्ञा गर्ने  निर्णय भएको हो । कोभिड १९ का बिरामी जिल्ला ५ सय नाघेपछि कोरोना नियन्त्रणका लागि प्रशासनले निषेधाज्ञा गरेको हो ।

निषेधाज्ञामा औषधी उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकका पायक पर्ने स्थानमा जान बाहेक कुनै पनि व्यक्तिहरू घर बाहिर निस्कन र हिँडडुल गर्न नपाइने त्यस्तै अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसल विहान ५:०० बजेदेखि बिहान ९:०० वजेसम्म मात्र खोल्न पाइने, औषधी पसल, पेट्रोल पम्म, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल, सवारी साधन मर्मत गर्ने तोकिएका वर्कसप नियमित सञ्चालन गर्नपर्ने तर न्य सबै प्रकारका व्यवसायहरू बन्द गर्नुपर्ने निर्णय भएको छ ।

त्यस्तै एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने टयाइर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबीजन बोक्ने गाडी, औद्योगिक कच्चा पदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सधारकामी, दूरसवार, विद्यत इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधन बाहेक कुनै पनि प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक (मोटरसाइकल समेत) र अन्य दुवानीका सवारी साधनहरू सञ्चालन गर्न नपाइने भएको छ ।

त्यस्तै अन्य जिल्लाबाट आएका पूर्व-पश्चिम राजमार्ग भई जाने लामो दूरीका सवारी साधन, मालवाहक सवारी साधनहरू तथा निर्माण सामग्री ढुवानीका साधनहरू मकवानपुर जिल्लामा नरोकि जानु पर्नेछ । अत्यावश्यक सरकारी सेवाहरू एक तिहाई कर्मचारीको व्यवस्थापन गरी आलोपालो प्रणालीबाट सञ्चालन गर्नुपर्नेछ ।

बैंक, वित्तिय संस्था तथा सहकारीबाट प्रदान गरिने सेवा जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने गरी आलोपालो विधिवाट विहान ९:०० बजेदेखि दिनको ४:०० बजेसम्म मात्र सञ्चालन गर्न पाईनेछ । सबै बैंक तथा वित्तिय संस्थाहरूले आ-आफ्ना ATM तथा विद्युतीय सेवाहरू २४ सै घण्टा सुचारू राख्नुपर्ने निर्णय भएको छ ।

मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरूमा नित्य पूजा मात्र सञ्चालन गरी अन्य समयमा बन्द गर्ने । धार्मिक, सांस्कृतिक र सामाजिक लगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुने क्रियाकलाप सञ्चालन गर्न नपाइने तर, विवाहका लागि बढीमा १५ जनासम्म नजिकको प्रहरी इकाईसँग समन्वय गरी आफ्नै निवासमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सम्पन्न गर्न सकिने बताइएको छ ।

औद्योगिक प्रतिष्ठानहरूले उद्योगमा कार्यरत मजदूर कर्मचारीहरूलाई जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गरी उद्योग परिसरभिन्न बा निश्चित स्थानमा राखी बाहिर आवत जावत नहुने सुनिश्चितता गरी उधोग सचालन गर्न सकिने र विकास आयोजना तथा निर्माण कार्य संचालन गर्दा आयोजनास्थल वा निर्माणस्थलमा नै कामदार तथा कर्मचारी रहने व्यवस्था मिलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी, गराई निर्माण कार्य संचालन गर्न सकिने भनि प्रमुख जिल्ला अधिकारी भारत मणि पाण्डेद्वारा जारी गरिएको आदेशमा उल्लेख छ ।

मकवानपुरमा शनिबार सम्म सक्रिय संक्रमित ५ सय २४ जना छन् । दोस्रो लहर सुरुभएपछी हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ६०२ पुगेको छ । यो शनिबार बिहान सम्मको विवरण हो । जिल्लाका सक्रिय संक्रमित मध्ये ११ जना हेटौंडा अस्पतालमा बनाइएको कोभिड-१९ एचडियु वार्डमा उपचाररत छन् ।

त्यस्तै हेटौंडा ६ गौरिटार स्थित आइसोलेसनमा १३ जना रहेका छन् भने ५ सय बढी होम आइसोलेसनमा छन् । जिल्ला स्वास्थ्य कार्यालयको विवरण अनुसार मकवानपुरमा हालसम्म कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*