भर्खरै : हेटौंडा अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

हेटौंडा खबर
१९ बैशाख २०७८, आईतवार २१:२३

हेटौंडा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा केहिबेर अघि एकाजनाको मृत्यु भएको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रविन श्रेष्ठले पुष्टि गरे  ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका १ का ५५ बर्षीय पुरुष रहेको  उनले जानकारी दिए  ।

उनको आजै कोरोना संक्रमण पुष्टि भएपछी इमर्जेन्सी वार्डमा उपचारका लागि आएको र गाह्रो भएपछी भेन्टिलेटरमा राखेर उपचार गर्न खोज्दा मृत्यु भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*