BREAKING : हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

हेटौंडा खबर
२० बैशाख २०७८, सोमबार ०७:५०

हेटौंडा अस्पतालमा अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा केहिबेर अघि एकजनाको मृत्यु भएको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रविन श्रेष्ठले पुष्टि गरे ।

बाराको अमलेखगन्ज निवासी ४६ बर्षका पुरुष संक्रमितको मृत्यु भएको हो ।

गएराती १२ बजे हेटौंडा अस्पतालको आइसोलेसनमा भर्ना भएका उनको स्वासप्रस्वासमा समस्या आएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

उनलाई बारामै कोरोना पोजेटिभ देखिएपछी उपचारका लागि हेटौंडा आएका थिए ।

हेटौंडा अस्पतालमा हिजै राति ९ बजे हेटौंडा उपमहानगरपालिका १ निवासी ५५ बर्षिया कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*