हेटौंडा अस्पतालमा लगातार ३ कोरोना संक्रमितको मृत्यु

हेटौंडा खबर
२० बैशाख २०७८, सोमबार ११:२६

हेटौंडा अस्पतालमा पुनः अर्का एक कोरोना संक्रमितको पनि मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा केहिबेर अघि एकजनाको मृत्यु भएको हो । महोत्तरी जलेश्वर घर भएकी ५० बर्षीय महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले पुष्टि गरे ।

अस्पतालमा लगातार ३ जनाको मृत्यु भएको छ ।

हेटौंडा अस्पतालमा हिजै राति ९ बजे हेटौंडा उपमहानगरपालिका १ निवासी ५५ बर्षिया कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो भने आज बिहान बारा अमलेखगन्ज निवासी ४६ बर्षिय संक्रमित पुरुषको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*